खुश्बु ओली झापा जिल्लाको कन्काई नगरपालिका, सुकेडाँगीकी स्थायी बासिन्दा हुन्। उनी स्वतन्त्र उम्मेदवारका रूपमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचनमा सहभागी भएकी छन्। स्वतन्त्र उम्मेदवारको रूपमा उनले परम्परागत दलमुखी राजनीतिबाट फरक दृष्टिकोण प्रस्तुत गर्दै जनमुखी र विकासकेन्द्रित नेतृत्वमा विश्वास राख्छिन्।
उनको लक्ष्य जनताका समस्यालाई नजिकबाट बुझेर समाधान खोज्नु र भ्रष्टाचारमुक्त शासन प्रणालीमा योगदान पुर्याउनु हो। उनी आफ्नो उम्मेदवारीलाई महिलाको प्रतिनिधित्व बढाउने, समावेशी नेतृत्व र समाजिक न्यायका पक्षमा आधारित विकल्पका रूपमा अघि सार्दै छिन्।