राम बहादुर सुवेदी एक जिम्मेवार र अनुभवी राजनीतिज्ञ हुन् र दोलखा भिमेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनी स्वतन्त्र उम्मेदवारका रूपमा दोलखा क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन् र उनको चुनाव चिन्ह “ टेलिभिजन” हो। सुवेदी २०३७ साल असार २७ गते जन्मिएका हुन्। उनका बुबा नर प्रसाद सुवेदी हुन् भने पत्नी आरती बलामी हुन्।शिक्षा क्षेत्रमा, राम बहादुरले काठमाण्डौँको पदमोदय हाईस्कुल, पुतलीसडकबाट उच्च माध्यमिक तहको पढाइ पूरा गरेका छन्। उनी पत्रकारितामा दुई दशकदेखि अनुभव राख्छन्, कलाकारितामा १५ वर्ष सक्रिय छन् र सामाजिक कार्यमा पनि १५ वर्षदेखि योगदान दिइरहेका छन्। उनले आफ्नो पेशागत जीवन र सामाजिक क्रियाकलापमार्फत ८१ देशको अन्तर्राष्ट्रिय भ्रमण गरेका...