पदम बहादुर वुढामगर कैलाली जिल्लाको मोहन्याल गाउँपालिका, खुलुवुलु निवासी एक युवा राजनीतिज्ञ हुन्। उनको जन्म मिति २०५४ साल भाद्र २८ गते हो। उनी मंगोल नेशनल अर्गनाइजेसनका सक्रिय सदस्य हुन् र पार्टीको उद्देश्य, कार्यक्रम तथा स्थानीय विकासका विषयमा संलग्न छन्।
कैलाली क्षेत्र नम्बर २ बाट उनले निर्वाचनमा सहभागिता जनाएका छन्। उनी स्थानीय तहमा जनसरोकार, विकास र युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राखेर जनमुखी नेतृत्व प्रदान गर्ने प्रयासमा लागिरहेका छन्।