भरत सिहं वि.सि. (बुढाक्षेत्री) कैलाली जिल्लाको लम्की चुहा नगरपालिका, थपालीपूर निवासी एक सक्रिय राजनीतिज्ञ हुन्। उनको जन्म मिति २०३६ साल माघ १८ गते हो। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य हुन् र पार्टीको सिद्धान्त, कार्यक्रम र स्थानीय विकासका उद्देश्यमा निरन्तर सक्रिय रहेका छन्।
स्थानीय तहमा जनसरोकार र विकासका विषयमा केन्द्रित भएर उनी जनमुखी नेतृत्व प्रदान गर्ने प्रयासमा लागिरहेका छन्। कैलाली क्षेत्र नम्बर २ बाट उनी निर्वाचित प्रतिनिधित्वको लक्ष्यसहित सक्रिय छन् र जनतासँगको निकट सम्बन्धले उनको राजनीतिक यात्रा बलियो बनाएको छ।