प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

किशोरसिंह राठोर

किशोरसिंह राठोर

लिङ्ग
पुरुष
उमेर
५६ वर्ष
पार्टी
नेपाली काँग्रेस
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
बाँके
क्षेत्र
निर्वाचन क्षेत्र नं ३
मत
२९०९७
किशोरसिंह राठोर एक अनुभवी नेपाली राजनीतिज्ञ तथा नेपाली कांग्रेसका उपमहासचिव हुन्। वि.सं. २०२६ सालमा सल्यान जिल्लामा जन्मिएका राठोर विद्यार्थी राजनीतिबाट उदाएर केन्द्रीय राजनीतिमा स्थापित भएका नेता हुन्। त्रिचन्द्र कलेजबाट राजनीति यात्रा सुरु गरेका उनले नेपाल विद्यार्थी संघको अध्यक्ष भएर नेतृत्व गरेका थिए। हाल उनी प्रतिनिधिसभा सदस्य (बाँके–३) तथा नेपाली कांग्रेसको छायाँ सरकारअन्तर्गत युवा तथा खेलकुद विभागको समन्वयकको भूमिकामा सक्रिय छन्।

चुनावी समाचार