शुसन चोङवाङ लिम्बु तेह्रथुम जिल्लाको आठराई गाउँपालिका निवासी एक स्वतन्त्र राजनीतिक अभियन्ता तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ। उहाँ तेह्रथुम क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा सहभागी हुनुभएको हो। उहाँको जन्म मिति वि.सं. २०४१ साल साउन २४ गते हो र नागरिकता तेह्रथुम जिल्लाबाट प्राप्त गर्नुभएको छ।
उहाँ स्व. भक्त बहादुर चोङवाङ लिम्बुका सुपुत्र हुनुहुन्छ। स्वतन्त्र विचार, स्थानीय मुद्दाप्रतिको प्रतिबद्धता र आत्मनिर्भर नेतृत्वशैलीका कारण उहाँ स्थानीय समुदायमा चिनिनुहुन्छ।