संजय महर्जन ललितपुर महानगरपालिका–दुपाटका स्थायी वासिन्दा र सक्रिय समुदाय सदस्य हुन्। उनी ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचनमा भाग लिएका छन्। उनको चुनाव चिन्ह मौरी हो, जसले साना व्यवसाय, परिश्रम, उत्तरदायित्व र स्थानीय पहिचानको प्रतीकत्व राख्छ।संजयले आफ्नो प्रारम्भिक शिक्षा–दीक्षाबाटै सामाजिक गतिविधिहरूमा सक्रियता देखाएका थिए र पछि १२ शिक्षा पूरा गरेका छन्। पढाइसंगै उनले स्थानीय समुदायमा सहभागी भएर समाजसेवा, युवा सशक्तिकरण र जनप्रतिनिधित्वका विषयमा अनुभव जोड्दै आएका छन्। उनी ललितपुरकै नागरिक हुन् र उनका पिता सानु लाल महर्जन हुन्।