प्रतिनिधि सभा, २०८२

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ।

निर्वाचन प्रत्यक्ष विवरण

सकिल मोहम्मद फकिर

सकिल मोहम्मद फकिर

पार्टी
स्वतन्त्र
प्रदेश
लुम्बिनी प्रदेश
जिल्ला
कपिलवस्तु
क्षेत्र
निर्वाचन क्षेत्र नं २
मत
सकिल मोहम्‍मद फकिर कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका–शिवभारी निवासी एक परिचित समाजसेवी तथा स्वतन्त्र राजनीतिक व्यक्तित्व हुन्। वि.सं. २०४० साल कार्तिक ३ गते जन्मिएका उहाँ बाल्यकालदेखि नै साधारण परिवेशमा हुर्किनुभएको हो। ग्रामीण समाजको नजिकबाट अनुभव बटुल्दै हुर्कनु भएका कारण उहाँमा जनजीवनका समस्या बुझ्ने क्षमता प्रारम्भिक अवस्थादेखि नै विकास भएको देखिन्छ। स्थानीय समुदायसँग गहिरो सम्बन्ध राख्दै समाजका सुख–दुःखमा सहभागी हुने उहाँको स्वभावले उहाँलाई जनप्रिय बनाएको छ। उहाँका पिता नबी फकिर समाजमा इमानदार र मेहनती व्यक्तिका रूपमा चिनिनुहुन्छ, जसको प्रभाव सकिल मोहम्‍मद फकिरको जीवनमा स्पष्ट देखिन्छ। पत्नी हजारा खातनुसँगको पारिवारिक जीवन सन्तुलित र सहयोगी रहेको छ। पारिवारिक मूल्य, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा...

कपिलवस्तु - का उम्मेदवारहरु

चुनावी समाचार