भक्त नारायण श्रेष्ठ संखुवासभा जिल्लाका एक अनुभवी नागरिक र राजनीतिज्ञ हुन्। उनी खाँदवारी नगरपालिका, धापासी का स्थायी बासिन्दा हुन् । पूर्वी पहाडी भेगसँगको घनिष्ट सम्बन्ध र स्थानीय समाजको वास्तविकता नजिकबाट बुझ्दा उनी जनमुखी नेतृत्वका लागि अनुभवी बनेका छन्।
व्यक्तिगत जीवनमा भक्त नारायण श्रेष्ठ सरल, अनुशासित र समाजप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा परिचित छन्। उनी आफ्नो क्षेत्रमा मात्र नभई, जिल्ला र राष्ट्रिय स्तरमा पनि जनताप्रति उत्तरदायित्वपूर्वक काम गर्दै आएका छन्। यही पृष्ठभूमिले उनलाई जिम्मेवार र जनप्रिय नेता बनाएको छ।