पिपुल फर्स्ट पार्टी नेपालमा औपचारिक रूपमा दर्ता भएको एक राजनीतिक दल हो, जसले “सबैकाे स्वाभिमान, सबैकाे समृद्धि” भन्ने मूल नारासहित नागरिक केन्द्रित राजनीतिलाई अघि बढाउने लक्ष्य राखेको छ। यो दल २०८२ आश्विन ५ गते भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका–४ मा आयोजित विशेष कार्यक्रम तथा पत्रकार सम्मेलनमार्फत सार्वजनिक रूपमा घोषणा गरिएको